फ्रान्स र बेल्जियमध्ये कसले मार्ला बाजी ?

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । रुस विश्वकप फुटबल अन्तर्गत मंगलबार पहिलो सेमिफाइनल खेल हुँदैछ । यो खेलमा बेल्जियम र फ्रान्सको बीचमा प्रतिस्पर्धा हुन गइरहेको हो ।

नेपाली समयअनुसार रातको पौने १२ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा सुरु हुनेछ । यो खेलमा विजयी हुने टोलीले फाइनलमा बुधबार हुने इंगल्याण्ड र क्रोएसियाको खेलको विजेतासँग फाइनल खेल खेल्नेछ ।

मंगलबार हुने सेमिफाइनल खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण हुनेछ । यो खेलमा जित हासिल गर्ने टोलीका लागि यो निकै गर्विलो इतिहास हुनेछ । फ्रान्स सन् २००६ पछि पहिलोपटक सेमिफाइनलमा पुगेको हो भने बेल्जियमले सन् १८८६ पछि पहिलोपटक सेमिफाइनलको टिकट काटेको हो । जसको कारण यी दुवै टोलीहरुलाई मंगलबारको खेलमा जित हासिल गर्दै इतिहास बलियो बनाउने अवसर हुनेछ ।

फ्रान्स सन् १९९८ को विश्वकप विजेता टोली हो । सन् २००६ मा भएको विश्वकपमा पनि यो टोली फाइनलमा पुगेको थियो तर फाइनलमा इटालीसँग पराजित भएको थियो । यो टोली दुई वर्षअघि भएको युरोकपको पनि फाइनलमा पुगेको टोलीले यो विश्वकपमा निकै राम्रो प्रदर्शन गरिरहेको छ ।

दुई वर्षअघिको फाइनलमा पुगेर पनि युरोकप बचाउन नसकेको पीडा भुलाउनका लागि समुह चरणमा डेनमार्कसँग बराबरी बाहेक स्पष्ट जित हासिल गर्दै अन्तिम १६ मा प्रवेश गरेको टोलीले अन्तिम १६ को खेलमा अर्जेन्टिनालाई पाखा लगाएको थियो ।

क्वार्टरफाइनलको खेलमा पनि उसले उरुग्वेलाई हराउँदै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । यो टोलीका युवा खेलाडीहरुको प्रदर्शन निकै राम्रो रहेको कारण पनि उसको टोली सन्तुलित अवस्थामा रहेको देखिएको हो ।

यो टोलीका कायलिन एम्बाप्पे, एन्टोनी ग्रिजम्यानजस्ता फरवार्डहरु उत्कृष्ट लयमा रहँदा रक्षापंक्ति पनि राम्रो देखिएको छ । जसको कारण कुनै पनि टोलीका लागि फ्रान्स हराउनु बेल्जियमका लागि मंगलबारको खेलमा ठुलो चुनौती बन्नसक्छ ।

बेल्जियम पनि निकै अहिले राम्रो लयमा देखिएको छ । यो विश्वकपको सुरुवातदेखि नै उसले आफुनो क्षमताबाट सबैलाई चकित पार्दै आएको थियो ।

समुह चरणको सबै खुलमा स्पष्ट जित हासिल गरेको टोलीले अन्तिम १६ को खेलमा जापानलाई उत्कृष्ट पुनरागमन गर्दै हराएको टोलीले क्वार्टरफाइनलमा पाँच पटकको विश्वविजेता टोलीको चुनौती पार लगाएको थियो ।

जसको कारण पनि यो टोलीमा पूर्ण आत्मविश्वास भरिएको छ । यो टोलीका सबै खेलाडीहरुले राम्रो प्रदर्शन गरिरहेका छन् । समुहचरणको खेलमा रोमेलु लुकालुको प्रदर्शन उत्कृष्ट देखिएको टोलीमा पछिल्ला खेलहरुमा भने डि ब्रुयानेलगायतका अन्य खेलाडीहरुको प्रदर्शन निकै राम्रो रहेको देखिएको छ ।

यो टोलीमा क्षमतावात् खेलाडी, आवश्यक गति र विपक्षीको रणनीति बुझेर खेल पस्किने क्षमता रहेको छ । जसको कारण बेल्जियमले पहिलोपटक विश्वकपको उपाधि हासिल गर्नसक्छ । मंगलबारको खेलमा उसलाई हराउनु पनि फ्रान्सको लागि ठुलै चुनौती हुनेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्