कलकत्तादेखि सप्तरीसम्म पानीजहाज चल्छ : प्रधानमन्त्री ओली

kp oli
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २भाग्यमानी रहेको बताएका छन् । प्रदेश २ को प्रदेशसभलाई सम्बोधन गर्दै उनले सप्तरीको हनुमाननगरबाट कोलकाता पुग्ने पानी जहाज चलाउने योजनालाई अघि सारेको कुरा बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने पूर्वपश्चिम रेलमार्ग, पूर्वपश्चिम राजमार्ग, हुलाकी मार्ग प्रदेश २ सँग जोडिएको भन्दै उनले अब पानीको बाटोबाट पनि आवागमन हुने बताएका छन् ।

‘उनले भने हुलाकी सडकको निर्माणमा हामी तिब्रता दिँदैछौं। बढीमा ५ वर्षमा यस प्रदेशमा हुलाकी राजमार्गको निर्माण कार्य सम्पन्न भइसक्छ’, प्रधानमन्त्रीले भने, ‘अर्को पल्ट यहाँहरु चुनावमा हिँड्दा हुलाकी सडकमा मज्जाले दौडिन सक्नुहुन्छ । पक्की बाटोमा । त्यो स्थिति बन्छ।’

प्रधानमन्त्रीले ओलीले प्रदेश २ लाई पवित्र र ज्ञानभूमि बताए। उनले यो प्रदेशका मानिसहरुको आस्था र विश्वास प्रगाढ भएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्