भदौ ३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ सङ्गठन जनसांस्कृतिक महासङ्घ नेपालको मूल नेतृत्वबाहेक सबै घटकको नेतृत्व टुङ्गिएको छ ।
महासङ्घअन्तर्गतका सात घटकको नेतृत्व टुङ्गिए पनि महासङ्घको नेतृत्वमा भने सहमति हुन नसकेको कार्यदलका सदस्य सरल सहयात्रीले जानकारी दिए । एकताअघि नै दुई वटै सङ्गठनको नाम एउटै भएकाले नाममा विवाद रहेन ।
महासङ्घको नेतृत्वमा खगेन्द्र राई र सरल सहयात्री रहेका छन् । राईले नेतृत्व चयन गर्ने जिम्मा पार्टीलाई दिएको जानकारी दिए । जनसांस्कृतिककर्मी सङ्घका अध्यक्षमा कर्णबहादुर परियार, जनसांस्कृतिक लेखक सङ्घका अध्यक्षमा राम विनय, चलचित्रकर्मी सङ्घ नेपालका अध्यक्षमा दिनेश डिसी र ललितकला परिषद्का अध्यक्षमा देवेन्द्र थुम्केली सर्वसम्मत चयन भएका छन् ।
यस्तै लोकबाजा तथा बहुभाषा परिषद्का अध्यक्षमा डा. मधुसूदन गिरी, समाज अध्ययन परिषद्का अध्यक्षमा डा. भिक्टर प्रधान र जननाट्यकर्मी सङ्घ नेपालका अध्यक्षमा पुष्प आचार्य रहेका छन् ।
महासङ्घले केही दिनमा नै मुल नेतृत्वमा सहमति कायम गरेर एकताको औपचारिक घोषणा गर्नेछ ।