डिआइजी धिरु बस्नेतको नेतृत्वमा निर्मला बलत्कार (हत्या)को अनुसन्धान

लाेकपाटी न्यूज
0 Shares

कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार (हत्या) अनुसन्धानको नेतृत्व डिआइजी धिरु बस्नेतलाई दिइएको छ । प्रहरी प्रधान कार्यालयले यसअघि घटनाको अनुसन्धान गर्न भदौ १४ गते एसएसपी उत्तम सुवेदीको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको थियो ।

पछिल्लो समय नर्मला पन्तमाथी भएको क्रुर घटनाले जनताहरु आक्रोशित बनेका छन् । यति लामो समय सम्म पनि मुख्य अपराधी पत्ता लगाउन नसक्नाले पनि यो स्थिती आएको हो ।

घटनाको प्रारम्भिक अनुसन्धान गर्ने थप प्रहरीहरू निलम्बन भएको र मुख्य अभियुक्त भनिएका दिलिपसिंह बिष्टको डिएनए रिपोर्ट आइसकेपछि गम्भीरतापूर्वक अनुसन्धान गर्न डिआइजीलाई समितिको नेतृत्व दिइएको प्रहरी प्रवक्ता एसएसपी शैलेस थापा क्षेत्रीले जानकारी दिए । बस्नेतसहित समितिमा ४ जना थपिएका छन् । अब समिति ९ सदस्यीय भएको छ ।

घटनाबारे थप गम्भीरता र गहनताका साथ अनुसन्धान गर्न पुरानो समितिलाई अपग्रेड गरिएको हो । प्रवक्ता क्षेत्रीले भने, “यसले अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकारीको भूमिकाको अध्ययन गर्नेछ । ”

शनिबार गृहमन्त्रालयले घटनाको अनुसन्धान गर्न साउन १४ गते गएको सिआइबीको टोलीका तीनसहित पाँच प्रहरी अधिकारीलाई निलम्बन गरेको थियो ।

सरकारले अनुसन्धान विवादस्पद बन्दै गएपछि भदौ ७ मा छानबिन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो। समितिले शनिबार गृहमन्त्री रामबहादुर थापालाई प्रारम्भिक अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

सोही प्रतिवेदनका आधारमा गृहले निर्मला बलात्कार (हत्या)को अनुसन्धान जिम्मेवारपूर्वक गर्न नसकेका डिएसपी ज्ञानबहादुर सेटी, अंगुर जिसी, इन्स्पेक्टर, जगदीश भट्ट, एकेन्द्र खड्का र सई रामसिंह धामीलाई शनिबार नै निलम्बन गरेको हो ।

यसअघि कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट निलम्बनमा परिसकेका छन् । घटनाका बारेमा अनुसन्धान गर्न उनको डिएनए संकलन गरी परीक्षणका लागि पठाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्