मूल्यवृद्धि विरुद्ध नेविसङ्घले गर्यो विरोध प्रदर्शन

https://lokpati.com/wp-content/uploads/2018/09/nebi-sangh.jpg
लाेकपाटी न्यूज
0 Shares

काठमाडौँ, ८ असोज स् चाडबाडका बेला पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा सवारी साधनमा बढाइएको भाडा फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी सङ्घले राजधानीका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको छ ।

काठमाडौँको प्रदर्शनीमार्ग, थापाथली क्याम्पस, पशुपति क्याम्पसलगायत क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, सार्वजनिक सवारी साधानमा बढाइएको भाडा फिर्ता गर, बलात्कारीलाई कारवाही गर, बढ्दो महँगी नियन्त्रण गर, कानूनी राज्यको पालना गरजस्ता नारा लगाएर विरोध गरिएको हो ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र महिला हिंसाका दोषीलाई कारवाही गरेर पीडितलाई न्याय नदिएसम्म आन्दोलन जारी राख्ने नेविसङ्घ अध्यक्ष नैनसिंह महरले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्