काठमाडौं, भदौ २३ । नपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणले यस वर्ष मात्रै डेढ अर्ब मुनाफा कमाएको बताएका छन् । साथै आगामी दिनमा यो नाफा बढेर जाने उनले दावी गरे ।
शनिबार राजधानीमा आयोजित प्राधिकरण पूर्व कर्मचारी समाजको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गदैृ उनले पछिल्लो समय नेपाल विद्युत प्राकिरण आफै ठूल्ठूला आयोजनामा लगानी गर्न सक्षम रहेको उनले बताए । घिसिङले प्राधिकरण अब दशौं अर्बको जलविद्युत आयोजनामा लगानी गर्न सक्षम रहेको बताए ।
निर्देशक घिसिङले प्राधिकरणले सञ्चालन गरेको आयोजनाको काममा ढिलाई हुनुको कारणको खोजी गरी अघि बढने योजना सुनाए । साथै घिसिङले गुणस्तरीय सेवा दिने कामलाई प्राधिकरणले उच्च प्राथमिकता दिएको पनि बताए ।