काठमाडौं। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तरिम विधान तयार भएको छ। विधानअनुसार नेकपाको एकता महाधिवेशन २०७७ जेठ ३ गतेभित्र गरिने छ।
नेकपामा तत्कालका लागि ८ वटा संरचना रहने छ। त्यसअनुसार एकता एकताको राष्ट्रिय महाधिवेशन, केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद्, र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च रहने छन्।
नेकपाले अहिले ३२ वटा विभाग बनाएको छ । विधानअनुसार २०७५ कात्तिकभित्र तल्लो तहसम्म पार्टी एकीकरण भइसक्नु पर्नेछ। यस्तो छ अन्तरिम विधानको पूर्णपाठ।