पोखरा, २७ भदौ । गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले यौन व्यवसायलाई व्यवस्थित बनाउन यौनकर्मीलाई परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
होटल संघ नेपालले मंगलबार पोखरामा गरेको कार्यक्रममा उनले ‘रेडलाइट एरिया’ हुनुपर्ने या परिचयपत्र व्यवस्था गर्नुपर्ने सुझाए । गुरुङले यसले पोखरामा पर्यटन प्रवद्र्धन हुनेसमेत दावी गरे ।
‘जति रोक्न खोजे पनि भित्रभित्रै धन्दा भइरहेकै छ,’ उनले भने, ‘बरु धन्दा गर्नेलाई परिचयपत्र दिएर व्यवस्थित बनाऔं ।’ परिचयपत्रको व्यवस्था गरे थोरैथोरै कर पनि उठाउन सकिने उनले जनाए ।
विभिन्न जिल्लाबाट कर्मचारी पोखरा आउँदा सरकारी अतिथिगृहमा नबस्ने उल्लेख गर्दै उनले भने, ‘लेकसाइड जाने कारण त्यही रहेछ ।’ यौन व्यवसायबाट प्राप्त कर प्रदेशको काममा लगाउन सकिने उनको तर्क थियो ।