सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग पराजित

U-15-Saff-Nepal-Maldives-21082017063830-1000x0
लाेकपाटी न्यूज
0 Shares

२७ भदौ, ढाका । माल्दिभ्ससँग ३-० ले पराजित हुँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।

माल्दिभ्ससँगको पराजयसँगै नेपालले फाइनल पुग्ने ऐतिहासिक मौका गुमाएको हो । नवौं मिनेटमा अक्रम अब्दुल घानीले गरेको फ्रीकिकबाट माल्दिभ्सले अग्रता लिएको थियो ।

त्यसपछि ८४ औं र ८६ औं मिनेटमा इब्राहिम हसन वाहिदले लगातार गोल गरेपछि नेपालको फाइनल पुग्ने मौका गुमेको हो । माल्दिभ्सलाई हराएको भए नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुग्ने थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्