माओको लालकिल्ला येनानमा के गर्दैछन् प्रचण्ड ?

लाेकपाटी न्यूज
0 Shares

येनान, भदौं ३१ । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड चिन भ्रमणमा गएका छन् । अहिले माओको मुख्य आधार इलाका येनान पुगेका छन् । चीनिया कम्युनिष्ट पार्टीको निमन्त्रणामा उनी शनिबार ग्वान्झाओ पुगेका हुन् ।

आज स्थानीय समय अनुसार, बिहान पाँच बजे ग्वान्झाओबाट चुनचिङ्ग शहरको अवलोकनमा पुगेका अध्यक्ष प्रचण्डलाई विदेश मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए ।

माओले सञ्चालन गरेको दीर्घकालिन जनयुद्दमा येनानलाई विशेष आधार इलाकाका रुपमा लिइन्छ । चुनचिङ्ग शहर चिनियाँ क्रान्तिका बेला चर्चित वार्ता भएको स्थान हो । अहिले भने अध्यक्ष क प्रचण्ड येनान पुगेका छन् ।

अध्यक्ष प्रचण्डले येनानमा अहिले चिनियाँ क्रान्तिका बेला माओले आधार इलाकाका रुपमा विकास गरेका विभिन्न क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष प्रचण्डलाई येनानकी मेयरले भव्य स्वागत गरेकि थिइन् ।