तिव्र गतिमा रहेको स्कुटरले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु

लाेकपाटी न्यूज
0 Shares

बेंसीशहर, १ असोज । बेंसीशहर नगरपालिका–१ उदिपुरमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ ।

बिहान उदिपुरबाट सुन्दरबजार–९ भोटेओडार तर्फ जाँदै गरेको ग १३ प ९००३ नं स्कुटरले ५२ वर्षीय पैदलयात्रु लक्ष्मी तामाङलाई ठक्कर दिँदा टाउकामा गम्भीर चोट लागेको थियो । उनलाई उपचारको लागि जिल्ला सामुदायिक अस्पताल बेसीशहरमा लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

स्कुटर चालक गोरखा पालुङटार नगरपालिका–४ का १९ वर्षीय विजय भुजेललाई स्कुटरसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्