अध्यक्ष प्रचण्ड र येनानका सेक्रेटरीबीच छलफल

लाेकपाटी न्यूज
0 Shares

चीन, १ असोज । चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले आइतवार साँझ सान्सी प्रान्तिय कमिटीका स्थायी समिति सदस्य तथा येनान नगर कमिटीका सेक्रेटरी सु सिन्रोङ्गसँग छलफल गरेका छन् ।

सो अवसरमा अध्यक्षले आफू र आफ्नो टोलीलाई चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलहरुको भ्रमण गराएकोमा येनान नगर पार्टी कमिटी, जनसरकार र येनानवासी जनसमुदायमा कृतज्ञता व्यक्त गरे ।