छेसिङले गरे विश्वकर्मा पूजामा दलितको सम्मान

41974131_568620003563139_7605680194023587840_n
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १ असोज । रसुवा जिल्लाका समाजसेवी एवं निर्माण व्यवसायी संघ रसुवाका अध्यक्षका उम्मेदवार छेसिङ लामा (तामाङ) ले विश्वकर्मा पूजाका दिन बिपन्न दलित परिवारलाई सम्मान र सहयोग गरेका छन् ।

रसुवाको धुन्चे निवासी समाजसेवी लामाले धुन्चेको त्रिशुली खोलानजीक बस्ने दलित परिवारलाई खाद्यान्न र नगद दिएर सम्मान गरेका हुन् । लामाले विश्वकर्मा पूजाका दिन दलित परिवारलाई चामल, दाल, तेल, नून, मासुसहितका उपभोग्य वस्तु र नगद दिएर सम्मान गरेको सि.एल. कन्ट्रक्सनका लेखापाल राहुल कुमार आलेले जानकारी दिए ।

‘उहाँ विगतदेखि नै समाजसेवामा सक्रिय हुनुहुन्छ’ धुन्चे निवासी मिनबहादुर तामाङले भने, उहाँले स्कूल, बाटो, खानेपानी, मठ मन्दिर लगायतका सामाजिक क्षेत्रमा पहिलेदेखि नै सहयोग गर्दै आउनुभएको छ । गरिब, सुकुम्बासी र दलित बस्तीमा उहाँले निरन्तर यसरी नै सहयोग गर्दै गर्नुहुन्छ, यो उहाँको विशेषता नै बनेको छ ।’

दलितलाई हेला गरेर विश्वकर्मा पूजा गर्नुको अर्थ नरहेको छेसिङ लामाले बताए । उनले भने, ‘दलितलाई हेल गर्ने तर, विश्वकर्मा पूजा गर्नुको कुनै अर्थ छैन । जसले श्रम गर्छन्, फलामको काम गर्छन्, धर्तीमा सुन्दर सिर्जना गर्छन्, तिनीहरुलाई सम्मान गरेर मात्र विश्वकर्मा पूजा गर्नुको औचित्य रहन्छ । त्यही सोचका साथ मैले यो काम गरेको हुँ र सामाजिक अभियानमा नियमित लागिरहन्छु ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्