काठमाडौं, २ असोज । जनसंख्याको आधारमा धेरै रोजगारी उपलब्ध गराउने देशको सूचीमा नेपाल विश्वकै सूचीमा नेपाल विश्वकै अग्रणी देशमध्येमा परेको छ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले हालै सार्वजनिक गरेको मानव विकास सूचकांक प्रतिवेदन २०१८ ले जनसंख्याको आधारमा नेपालको रोजगारी दर विश्वकै पाँचौँ स्थानमा रहेको उल्लेख छ। गोरखापत्र दैनिकका अनुसार कुल जनसंख्याको ८१।९ प्रतिशत रोजगारीमा आबद्ध छन् ।
रोजगारीमा आबद्ध हुने उमेर समूह भने १५ वर्षभन्दा माथिको उमेर समूहलाई मानिएको छ। प्रतिवेदनअनुसार कतार विश्वमै सबैभन्दा धेरै रोजगारी दर रहेको देशको रूपमा रहेको छ। कतारको कुल जनसंख्याको रोजगारीयोग्य उमेरको ८६।८ प्रतिशत रोजगारीमा आबद्ध छन् ।
त्यस्तै अफ्रिकी मुलुक रुवाण्डा दोस्रो स्थानमा छ। त्यहाँको रोजगारी दर ८५ प्रतिशत छ। सरकारले रोजगारी सिर्जना गर्न नसकेको चर्चा चलिरहेका बेला नेपाल भने नागरिकलाई रोजगारी दिने पाँच उत्कृष्ट देशको सूचिमा राखिनुलाई आश्चर्य मानिएको छ ।