चर्चित हलिउड अभिनेत्री एन्जेलिना जोली नयाँ चलचित्र ‘द केप्टमा’ अनुबन्धित भएकी छिन् ।
चलचित्र जेम्स स्कटको उपन्यासमा आधारित हुनेछ । उपन्यास २०१४ मा विमोचन भएको थियो । अल द मनि इन द वल्र्डले चलचित्र निर्माण गर्ने भएको छ । हलिउड मिडियाका अनुसार चलचित्रमा जोलीको लगानी रहनेछ ।
पछिल्लो समय एन्जेलिनाका पति ब्राड पिटसँग डिर्भोसको प्रक्रिया चलिरहेको छ । कुनै बेला यो जोडीलाई उत्कृष्ट जोडिको रुपमा लिइन्थ्यो ।