डिर्भोस भएका कलाकारहरु : को कोसँग छुट्टिए ?

https://lokpati.com/wp-content/uploads/2018/09/Priyanka-Karki.jpg
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं  असोज २ । नेपाली चलचित्र क्षेत्रमा पनि जोडिने र छुट्टिने सामान्य कुरा जस्तै भइसकेको छ । आज प्रेममा रहेका कालाकारहरु भोली नै छुट्टिन पुग्छन् । र, आज बोलचाल नै नभएका कलाकारहरु पनि भोली सम्बन्धमा हुन्छन् ।

प्रेम त ठिकै हो । यहाँ बिवाहित जोडीहरु पनि छुट्टिरहेका हुन्छन् । आज हामी यहाँ डिभोर्स भएका नेपाली कलाकारहरुको चर्चा गर्दैछौं,

१. रेखा थापा र छविराज ओझा

https://lokpati.com/wp-content/uploads/2018/09/Rekha-thapa-with-chhabi-raj-ojha.jpgनायिका रेखा थापा र निर्माता छविराज ओझाले प्रेम बिवाह गरेका थिए । उनीहरुले १० वर्षको लामो यात्रासँगै बिताए । तर, पछि आएर आन्तरिक कुराहरु नमिल्दा उनीहरु छुट्टिए ।

अहिले रेखा सिंगल जीवन बिताइरहेकी छिन् भने निर्माता छविराजले भने नायिका शिल्पा पोखरेलसँग बिबाह गरिसकेका छन् । तर, छवि र शिल्पा उक्त कुरा बहिर ल्याउन चाहान्नन् ।

३. संचिता लुइँटेल र आकाश शाह

धेरैलाई थाहा नहुन सक्छ नायिका संचिता लुइँटेलको पनि डिभोर्स भएको छ । संचिताले निर्देशक आकाश श्रेष्ठसँग बिबाह गरेकी थिइन् । केही वर्षको यात्रामा नै उनीहरु छुट्टिन पुगे ।

अहिले संचिताले नायक निखिल उप्रेतीसँग बिवाह गरेकी छिन् । निखिल र संचिताले प्रेम बिवाह गरेका हुन् ।

४. प्रियंका कार्की र रोचक मैनाली

https://lokpati.com/wp-content/uploads/2018/09/Priyanka-Karki.jpgनायिका प्रियंका कार्कीको पनि डिभोर्स भएको छ । रोचक मैनाली र प्रियंकाले अमेरिका रहँदा प्रेम बिवाह गरेका थिए । तर, उनीहरुको बैवाहिक जीवन लामो बन्न सकेन । उनीहरु छुट्टिन पुगे ।

डिभोर्स भएको यो जोडी आ–आफ्नो जोडी रोजिसकेका छन् । प्रियंकाले नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरिसकेकी छिन् । भने रोचकले पनि बिवाह गरिसकेका छन् ।

५. रिमा विश्वकर्मा र रोवट विक

२०१५ मा प्रेमी रोवट विकसँग प्रेम बिवाह गरेकी  थिइन् । बिवाह गरेको दुई वर्षमा उनीहरु छुट्टिएका हुन् । उनीहरु अहिले अलग अलग बसिरहेका छन्  ।

रिमा अहिले नेपालमा नै रहेर आफ्नो कामलाई निरन्तरता दिइरहेकी छिन् भने उनका पूर्व पति रोवट बेलायतमा बस्छन् । रोवटले भने अर्को बिवाह गरिसकेका छन् ।

६. छुल्ठिम गुरुङ र धिरज राई

डिभोर्स हुने कलाकारको सुचिमा नायिका छुल्ठिम गुरुङ र गायक धिरज राई पनि पर्छन् । उनीहरुले पनि आफ्नो बैवाहिक जीवन लामो समयसम्म लान सकेनन् । छुल्ठिम धिरजको फ्यान थिइन् । उक्त कुरा पछि प्रेममा परिणत भएको थियो । तर, पछि आन्तरिक कुराहरुमा विवाद भई उनीहरु छुट्टिए ।

अहिले छुल्ठिम एक्लो जीवन बिताइरहेकी छिन् भने धिरजको एक छोरा छन् ।

७. मनोज गजुरेल र मिना ढकाल

https://lokpati.com/wp-content/uploads/2018/09/Manoj-Gajurel.jpeg

हास्यकलाकार मनोज गजुरेलको पनि डिभोर्स भएको छ । मनोजले मिना ढकालसँगको बैबाहिक सम्बन्धमा थिए । उनीहरु गत वर्ष मात्र छुट्टिएका हुन् ।

उनीहरु पनि आन्तरिक कुराहरु नमिलेका कारण छुट्टिएको बताउँछन् । अहिले मिना र मनोज एक्लो जीवन बिताइरहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्