काठमाडौं, ३ असोज । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय, प्रादेशिक र स्थानीय तहमा निर्वाचित ७६१ ससरकारले जनताको भावना बुझेर काम गर्नुपर्ने बताएका छन् ।
संविधान दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै तिमिल्सिनाले नयाँ संविधानका लागि प्राण उत्सर्ग गर्ने शहिदहरुको स्मरण गरेका छन् । तिमिल्सिनाले सन्देशमा भनेका छन्, ‘‘जनताबाट चुनिएका प्रतिनिधिले संविधान सभाबाट संविधान बनाउन पाउनुपर्छ भनी सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि आफ्नो जीवनको उत्सर्ग गर्नुहुने सम्पूर्ण शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’’
तिमिल्सिनाले सन्देशमा संविधानको पूर्ण कार्यान्वयनमा जोड दिएका छन् । सन्देशमा उनले ७६१ वटै सरकारले संविधानको कार्यान्वयन र जनभावना सम्बोधनमा जोड दिएका छन् । यस्तो छ, अध्यक्ष तिमिल्सिनाको सन्देशको पूर्णपाठ ।