भारत र पाकिस्तान भिडेको हेर्न इमरान खान मैदानमा जाने

https://lokpati.com/wp-content/uploads/2018/09/Imran-khan.jpg
लाेकपाटी न्यूज
0 Shares

युएईमा जारी एसिया कप क्रिकेटमा आज चीरप्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दै छन् । प्रतियोगिताको पाँचौं खेल दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा स्थानीय समयअनुसार दिउँसो साढे ३ बजेबाट सुरू भएको छ ।

खेल हेर्न पूर्वक्रिकेटर तथा पाकिस्तानका प्रधानमन्त्री इमरान खान पनि मैदानमा पुग्ने चर्चा छ ।पाकिस्तानी सञ्चारमाध्यमले कुटनीतिक स्रोतलाई उदृत गर्दै दुई दिने साउदी अरब भ्रमणमा गएका इमारन मैदानमा पुग्ने बताएका छन् ।सन् १९९२ मा पाकिस्तानले विश्वकप जित्दा इमरान पाकिस्तानी टोलीका कप्तान थिए ।

साउन ११ मा पाकिस्तानी राजनीतिको कप्तानी सम्हालेका इमरान पहिलो विदेश भ्रमणका लागि मंगलबार साउदी अरब पुगेका छन् । त्यहाँबाट उनी आज आबुधावी हुँदै स्वेदश फर्कँदैछन् । त्यहाँबाट केही घन्टाका लागि उनी दुबई गएर भारत(पाकिस्तानको खेल हेर्ने चर्चा छ ।

कुटनीतिक सम्बन्ध राम्रो नभएका यी दुई देशले द्वीपक्षीय श्रृंखला लामो समयदेखि खेलेका छैनन् । गत वर्षको जुनमा लण्डनमा भएको च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई १८० रनले हराएको थियो । त्यसपछि यी दुई प्रतिद्वन्द्वी पहिलो पटक भिड्न लागेका हुन् ।

यी दुबै टोली हङकङलाई हराएर प्रतियोगिताको सुपर चारमा पुगिसकेका छन् । आजको खेल जित्ने टोली समूह ‘ए’ को विजेता हुनेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्