काठमाडौं, ४ असाेज । शंकरदेव क्याम्पसमा अखिल र अखिल (क्रान्तिकारी) का विद्यार्थीले संयुक्त तालाबन्दी गरेका छन् । क्याम्पस प्रशासनले मनोमानी ढङ्गबाट शुल्क वृद्धि गरेको भन्दै क्याम्पसमा तालबन्दी गरेका हुन् ।
क्याम्पसका विभिन्न कार्यक्रमहरु विविए, विविएम्, विआइएम् र एम्विएम् लगायतका अन्य कार्यक्रमहरुमा पनि क्याम्पस प्रशासनले दश प्रतिशत शुल्क बढाएको छ ।
विद्यार्थीले शान्तिपूर्ण रुपमा राखेको मागलाई क्याम्पस प्रशासनले बेवास्ता गरेको कारण तालबन्दी गर्न बाध्य भएको र क्याम्पस प्रशासनले विद्यार्थीको मागलाई चाडो भन्दा चाडो सम्बोधन नगरे शान्तिपूर्ण कार्यक्रम आन्दोलनमा रपान्तरण हुने कुरा ज्ञापन पत्रमा उल्लेख छ ।
अखिल र अखिल (क्रान्तिकारी) ले संयुक्त रुपमा तालाबन्दी गरेको क्रान्तिकारीका अध्यक्ष मदन ढकालले जानकारी दिए ।