सुनसरी ४ असोज । हरिनगर गाउँपालिकाको भुटाहा बजारमा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का स्थानीय नेताको गोली हानी हत्या भएको छ ।
बिहिबार दिउँसो पौने एघार बजे मोटरसाईकलमा आएका दुई जना हतियारधारी समूहले रामनगर भुटाहा बजारमा मौलाना खुर्सिद अन्सारीको गोली हानी हत्या गरेका हुन् । अन्सारी नेशनल वोर्डिङ् स्कुलका सञ्चालक पनि हुन् ।
त्यस्तै गोली लागि २ जना प्रहरी पनि गम्भीर घाइते भएका छन् ।
गोली हानी मोटरसाईकलमा भारतीय सीमा तर्फ भाग्दै गरेका दुबै जना सुटरहरुलाई घुस्कीमा रहेको प्रहरी चौकीका प्रहरीहरुले छेकेर पक्रन खोज्दा प्रहरीलाई समेत गोली हानी उनीहरु भाग्न सफल भएका थिए ।
सीमा क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको बताइएको छ ।