अस्कर अवार्डको लागि ‘पञ्चायत’ छनोट

https://lokpati.com/wp-content/uploads/2018/09/Panchayat.jpg
लाेकपाटी न्यूज
0 Shares

एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेसद्धारा हरेक बर्ष आयोजना हुने अस्कर अवार्डको ९१ औ श्रृङ्खलाका लागि नेपालबाट चलचित्र ‘पञ्चायत’लाई छनोट गरिएको छ ।

विदेशी भाषी सर्वोत्कृष्ट चलचित्रको विधामा प्रतिस्पर्धाका लागि ५० बर्ष पुरानो कथामा निर्माण भएको चलचित्र ‘पञ्चायत’छनोटमा परेको हो ।

अवार्डमा सहभागी हुनका लागि तान्द्रो, पञ्चायत र ‘माइ लभ’ दर्ता भएका थिए । ३ चलचित्रमध्ये एकेडेमीका सबै मापदण्ड पुग्ने स्तरिय एवम् अब्बल दर्जाका सिर्जनाहरु रहेकोमा प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरुको भावानात्मक विश्लेषणा आदिलाई ध्यानमा राखेर शिवम् अधिकारीले निर्देशन गरेको चलचित्र ‘पञ्चायत’लाई छनोट गरिएको हो । चलचित्रमा निता ढुंगाना, सरोज खनाल, जान्वी बस्नेत र अन्य कलाकारहरुकोअभिनय रहेको छ ।

छनोट समितिमा संयोजक विमल पौडेल रहेका छन्  भने सदस्यहरुमा प्रदिपकुमार उपाध्याय, लक्ष्मीनाथ शर्मा, राजेन्द्र शलभ, सामिप्यराज तिमिल्सिना, लोकेन्द्र पराजुली र चिरञ्जीवी गुरागाँई छन् ।