काठमाडौं, ५ असोज । खानेपानी मन्त्री बिना मगरले वीर अस्पतालको अनुगमन गरेकी छिन्।
शुक्रबार बिहान मन्त्री मगरले अस्पतालमा खानेपानीको अवस्था, अस्पतालबाट निस्कने फोहोरको अवस्था र ढल व्यवस्थापनबारे अनुगमन गरेकी हुन्। उनले काठमाडौंका ठूला अस्पताल, सेवा केन्द्र, व्यवसायिक भवनबाट निस्कने ढलको अनुगमन गरेकी हुन्।
वीर अस्पतालपछि मन्त्री मगरले ग्रयाण्डी अस्पताल, टिचिङ अस्पतालमा रहेको ढल र खानेपानीको अनुगमन गरेकी छिन् । खानेपानी मन्त्रालयले शुक्रबार देशैभरिका ढलको अनुगमन गरेको हो।