ए कालु भन्दै आइन् प्रियंका (भिडियो)

https://lokpati.com/wp-content/uploads/2018/09/Priyanka-Karki-1.jpg
लाेकपाटी न्यूज
0 Shares

नेपालीहरुको महान् चाड दैशैं नजिकिंदै छ । दशैंको रमझममा गीत (संगीत त भएन भने नुन विनाको तरकारी जस्तो खल्लो हुन्छ । त्यसैले त गायक र गायिकाहरु यस्तै रमझमका लागि गीत तयार गरिरहेका छन् ।

यो डान्सिङ नम्बरमा अभिनेत्री प्रियंका कार्कीले कम्मर मर्काएकी छिन् । स्वर चाहि मेलिना राईको हो । अहिले सिनेमा र संगीतमा दुबै चल्तापूर्जा नाम हुन् ।

त्यसो त प्रियंका म्युजिक भिडियोसँगै चलचित्रमा पनि समानन्तर जमिरहेकी छिन् । यही सातादेखि उनी अभिनित चलचित्र पनि हलमा लाग्दैछ । यता चलचित्रकै पाश्र्व गायनमा मेलिनाको उच्च माग छ । अतः यो गीतले भने मेलिना र प्रियंकालाई एकै थलोमा ल्याइपुर्याएको छ । गीतमा मेलिनालाई सरोज ओलीले साथ दिएका छन् ।

यो गीत चन्द्र घिमिरेको शब्द र बसन्त सापकोटाको संगीत रहेको छ । कविराज गहतराजले निर्देशन गरेको भिडियोको छायांङ्कन सुदिप बरालले गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहको रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्