अग्रिम टिकटको बुकिङबारे व्यावासयीहरु बीच सोमबार बैठक बस्ने

https://lokpati.com/wp-content/uploads/2018/09/Ticket-Booking.jpg
लाेकपाटी न्यूज
0 Shares

काठमाण्डौ, ७ असोज । दशैँ–तिहारका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने विषयमा निर्णय गर्न व्यवसायीहरुको बैठक सोमबार बस्ने भएको छ ।

सरकारले आइतबारबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा १० प्रतिशत बृद्धि गरेपछि यातायात व्यवसायीले दशैं तिहारका लागि खुलाउने अग्रिम टिकेट बुकिङबारे निर्णय गर्न सोमबार बैठक बोलाइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

उनका अनुसार सरकार व्यवसायीबीच सहमति भएपनि यातायात व्यवस्था विभागले भाडा बृद्धि लगायत सहमतिको आधिकारीक पत्र व्यवसायीलाई पठाइनसकेको बताए । मंगलबार या बुधबारबाट मात्रै अग्रिम टिकट बुकिङ खुला गर्न सकिन्छ ।’व्यवसायी र सरकारबीच शनिबार सार्वजनिक यातायातको भाडा बढाउने सहमति भएको थियो ।

शनिबार व्यवसायी र सरकारी पक्षबीचको वार्तामा १० प्रतिशत भाडा वृद्धि गर्नेसहित चार बुँदे सहमति भएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारीको भाडा बृद्धि गर्न यातायात व्यवस्था विभागलाई सिफारिस गरिसकेको छ ।