चाडपर्व नजिकिएसँगै खाद्य सङ्कट 

https://lokpati.com/wp-content/uploads/2018/09/Grossery.jpg
लाेकपाटी न्यूज
0 Shares

रुकुम पुर्व, ७ असोज । चाडपर्व नजिएको बेला रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा खाद्य संकट देखिएको छ ।
गएको भदौ महिनामा चलेको हावा हुरीका कारण मकै बाली नष्ट भएको र पहिरोका कारण गाडी संचालन नभएपछि खाद्य संकट भएको स्थानीयवासीले बताएका छन् । जिल्ला समन्वय समिति रुकुमका प्रमुख गजेन्द्रबहादुर ओलीका अनुसार पुथाउत्तरगंगा गाउँपालिकाको मैकोट, हुकाम लगायतका गाँउमा सबैभन्दा बढी खाद्य अभाव रहेको छ ।

ती गाँउमा हावाहुरीले पुरै मकै नष्ट गरेको छ । हिमाली क्षेत्र भएकोले त्यस ठाँउमा धान उत्पादन नहुने र मकैबाली मुख्य बाली भएकोले त्यही पनि हावाहुरीले नष्ट भएपछि खाद्य अभाव भएको प्रमुख ओलीले बताउनुभयो । यस्तै वर्षाका कारण पहिरोले सडक अवरुद्ध भएपछि बाहिरबाट खाद्य भित्र्याउन नसक्दा खाद्यको संकट देखिएको छ । नेपाल खाद्य संस्थानलाई खाद्यन्न उपलब्ध गराइदिनका लालि अनुरोध गरिरहेको ओलिले बताए ।

उनका अनुसार, जिल्लामा खाद्यको डिपो सदरमुकाम रुकुमकोट र पुथाउत्तरगंगाको वडा नं १२ मा राख्न माग गरिएको छ । ‘सकेसम्म अन्य ठाँउमा राख्नका लागि माग गरिएको छ’, ओलीले भन्नुभयो, ‘यदी सकिँदैन भने तत्कालको लागि २ वटा डिपो, एउटा सदरमुकाम रुकुमकोटमा र अर्को पुथाउत्तरगंगाको वडा नं १२ मा माग गरिएको छ ।’

रुकुम पश्चिमको गोदाममा चामल थन्कियो

यता रुकुम पश्चिमको सदरमुकाममा रहेको खाद्य संस्थान रुकुम शाखामा चामल थन्किएको छ । रुकुम पश्चिम र रुकुम पूर्वको काम सम्हालेको त्यस संस्थानमा अझै पनि ३ सय ९३ क्विन्टल चामल मौजात रहेको खाद्य संस्थान रुकुमका निमित्त शाखा प्रमुख चन्द्रबहादुर खड्काले बताए ।

उनले ढुवानीको लागि सडक बन्द हुँदा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा खाद्य संकट देखिएको हो । गाँउपालिकाले ढुवानीको व्यवस्था गरी पश्चिमको गोदामबाट चामल लिन सक्ने संभावना हुँदा हुँदै पनि पहल नभएको स्थानीयको दुखेसो छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्