महिलाहरुको लागि खुशीको खबर, उधम गर्न चाहने महिलालाई सहुलियत ऋण

https://lokpati.com/wp-content/uploads/2018/09/women-entrepreneurs.jpg
लाेकपाटी न्यूज
0 Shares

सरकारले महिला उधमशिलता प्रबद्र्धनको लागि सहुलियत ऋण दिने भएको छ। यो वर्षको बजेटमा महिला उद्यमशिलता प्रबद्र्धन कार्यक्रममा आएको सहुलियत ऋण कार्यक्रम आजदेखि लागू भएको हो ।

अर्थ मन्त्रालयले आजदेखि लागू हुनेगरी ल्याएको सहुलियतपुर्ण कर्जाका लागि एकिकृत ब्याज अनुदान कार्यविधिले महिला उधमीलाई दिइने ऋण, धितो र ब्याज अनुदानको व्यवस्था गरेको छ ।

कार्यविधिअनुसार १८ वर्ष पुरा भएको महिलाले व्यक्तीगत वा सामूहिकरुपमा व्यवसाय गर्न चाहेमा १५ लाख रुपैयाँसम्म परियोजना धितोमा राखेर ऋण पाउने छन् । त्यसरी पाइने ऋणको ब्याजमा ६ प्रतिशत सरकारले तिरिदिने छ भने बाँकी ऋणी आफैले तिर्नुपर्ने छ ।

यसरी ऋण लिनको लागि दर्ता भएको परियोजनाको विवरण, स्थायी लेखा नम्बर, संचालकहरुको विवरणसहितको कागजपत्र पेश गर्नुपर्छ ।

बैंक तथा वित्तीय संस्थामा ऋणको लागि आवेदन दिएपछि २१ दिनभित्र ऋण स्वीकृत हुनुपर्छ । यदि नभएमा कारणसहित आवेदकलाइ बैंकले जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्