एसिड आक्रमणबाट घाइते सम्झना दासको मृत्यु

https://lokpati.com/wp-content/uploads/2018/09/Acid-attack-victim.jpg
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ८ असोज । तेजाब आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारका क्रममा गएराति ११:३० बजे मृत्यु भएको छ ।
कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा दासको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । रौतहट चन्द्रपुर नगरपालिका–६ जादवलाल दासका दुई छोरी सम्झना र सुस्मिता दासमाथि गत भदौ २६ गते राति एशिड आक्रमण भएको थियो । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै करीब ५० वर्षीय स्थानीयवासी रामबाबु पासवानले उनीहरुमाथि राति घरमा सुतिरहेको बेला एशिड प्रहार गरेका थिए ।

तेजाबले सम्झनाको अनुहारसहित शरीरको अधिकांश भाग जलेको थियो । उनकी बहिनी सुस्मिताको अवस्था भने खतरामुक्त छ । सुस्मिताको कीर्तिपुर अस्पतालमै उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार एशिडका कारण सम्झनाको कम्मर माथिको अधिकांश भाग जलेको थियो । आक्रमण गरेको आशङ्कामा प्रहरीले जादवलालकै छिमेकी अन्दाजी ५० वर्षीय रामबाबु पासवानलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्