घरमा श्रीमान् नभएको बेला ३५ वर्षीय महिलाको बलात्कार

https://lokpati.com/wp-content/uploads/2018/09/Rape.jpg
लाेकपाटी न्यूज
0 Shares

पाँचथर, ८ असोज । ब्ल्याकमेल गरि मिक्लाजुङ गाउँपालिकामा ३० वर्षीय युवकले ३५ वर्षीय महिलालाई बलात्कार गरेका छन् । घरमा श्रीमान् नभएको अवस्थामा ज्यान मार्ने धम्कि दिएर बलात्कार गरेको आरोपमा ती युवकलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ ।

आफू घरमा नभएको मौका छोपि श्रीमतीलाई बलात्कार गरेको भन्दै महिलाका श्रीमानले प्रहरीमा उजुरी दिएका थिए । उजुरीकै आधारमा ती युवकलाई पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ ।

असोज महिना लागेपछि पाँचथरमा दुई महिला बलात्कारको घटना सार्वजनिक भएको छ । यसअघि असोज २ गते १२ वर्षीय बालिकालाई ललाई फकाई करणी गरेको आरोपमा इलाम श्रीअन्तुका ४९ वर्षीय एक पुरुष पक्राउ परेका थिए ।

पक्राउ परेका दुवैजनामाथि जबरजस्ती करणी अपराध अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान भैरहेको पाँचथर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्