विद्यार्थीका माग पूरा नगरे आन्दोलनमा जान्छौं (विज्ञप्तिसहित)

akhil-krantikari 222
लाेकपाटी न्यूज
0 Shares

नेकपाको भातृ सङ्गठन अनेरास्ववियु ( क्रान्तिकारी) ३ नं प्रदेशले चाडबाडको बेलामा सरकारले विभिन्न पदार्थको मूल्य वृद्धी गरी जनतालाई राहत तथा सहुलियत दिनुको सट्टा पेट्रोलियम पदार्थ लगायत अन्य सामाग्रीहरुमा मूल्य बढाएकोमा घोर भर्त्सना गरेको छ ।

सरकारले केही दिन अघिमात्रै यातायात व्यावसायीसँग संझौता गर्दा सार्वजनिक यातायातमा १० प्रतिशतले भाडा वृद्धी गरेको थियो । पेट्रोलियम पदार्थमा पनि सरकारले मूल्य वृद्धी गरेको छ ।

यूनियनले विद्यार्थी, वृद्ध, अपाङ्ग र असाहायहरुलाई दिँदै आएको सुविधा चाडवाडको बेला कार्यान्वयन नगर्ने यातायात व्यावसायीलाई कडा भन्दा कडा कार्वाहीको माग गरेको छ । यातायातमा वृद्धी गरीएको भाडादर तत्काल फिर्ता लिन सरकार र यातायात अपिल गरेको कुरा विज्ञप्तीमा उल्लेख छ । यदी सरकारले विद्यार्थीहरुको मागलाई सम्बोधन नगरे विद्यार्थीहरु कडा आन्दोलनमा जान बाध्य हुने कुरा युनियनका संयोजक पवन कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्