गण्डकी प्रदेशका मुख्यमन्त्री चिन भ्रमणमा

https://lokpati.com/wp-content/uploads/2018/09/Prithivi-Subba-Gurung.jpg
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ९ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पहिलो विदेश भ्रमणका लागि चीन भ्रमणमा प्रस्थान गरेका छन् ।
मुख्यमन्त्री गुरुङ मंगलबार बिहान चीन प्रस्थान गरेका हुन् । चीनको हाईनान प्रान्तको साताव्यापी भ्रमणमा गुरुङ प्रस्थान गरेको निजी सचिवालयले जनाएको छ ।

पर्यटकीय क्षेत्रको रुपमा विश्वभर चिनिएको हाईनान प्रान्तको भ्रमणले पर्यटन प्रबद्र्धन गर्न र आपसी सहयोग आदानप्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने मुख्यमन्त्री गुरुङको भनाइ छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्