श्रेयाको हत्या गर्ने पौडेल पक्राउ, दश रुपैंयाँ दिएर बलात्कार

https://lokpati.com/wp-content/uploads/2018/09/Rape.jpg
लाेकपाटी न्यूज
0 Shares

पोखरा, १० असोज । पोखरा महानगरपालिका–२२ भुम्दीभुम्दीका कुशुम पौडेलले श्रेया बिकको बलात्कारपछि हत्या गरेको आरोप लागेको छ ।

२७ वर्षीय पौडेलले आफूले बलात्कारपछि हत्या गरेको स्वीकारेको स्रोतले बतायो । ‘श्रेयाको छिमेकी नै रहेछन्,’ उनले भने, ‘पौडेलले आफैले प्रहरीकहाँ आएर घटना स्वीकार गरेका छन् ।’

सोमबार पौडेल रक्सीले मात्र नभएर गाँजाको नशामा घर आउँदै थिए । सोही क्रममा कोदी भन्ने ठाउँमा उनले श्रेया आउँदै गरेको देखे । श्रेयालाई उनले बोलाए । छिमेकीले बोलाएपछि नजाने कुरै भएन् ।

श्रेया पौडेल नजिक पुगिन् । पौडेलले १० रुपैंया दिएँ । श्रेया खुशी हँुदै पैसा के लिएकी थिइन् पौडेलले उनलाई च्याप्पै समाते । श्रेया कराउन थालिन् ।

उनको अवाज रोक्न पौडेलले घाँटी थिचे । त्यति गर्दा पनि नभएपछि झाडीमा फालिदिए । झाडीमा बजारिएकी श्रीया बोल्न सकिनन् ।

त्यही मौका पारेर पौडेलले बलात्कार गरे । त्यसपछि अरुलाई थाहा हुने डरले ढुङ्गाले टाउकोमा हानेर हत्या गरे । त्यसपछि पौडेल घरतिर लागे । सोमबार हराएकी श्रीयाको खोजी गर्ने क्रममा मंगलबार बिहान शव फेला परेको थियो ।

बिकको बलात्कारपछि हत्या भएको पुष्टि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले गरिसकेको छ । अस्पतालका ६ जना विशेषज्ञको टोलीले पोष्टमार्टम गरी सो कुरा पत्ता लगाएका हुन् ।

अहिले पोखरामा श्रेयाका हत्यारालाई कार्वाही हुनुपर्ने मागसहित उनका आफन्त र नागरिक आन्दोलित छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्