राष्ट्रसङ्घमा प्रधानमन्त्री ओलीको भिजिवल डिप्लोमेसी (फोटोफिचर)

oli1
लाेकपाटी न्यूज
0 Shares

प्रधानमन्त्री केपी शर्मा ओली यति बेला संयुक्त राष्ट्रसङ्घको महासभाका लागि न्युयोर्कमा छन् । गत शनिबार जम्बोटोलीसहित अमेरिका प्रस्थान गरेका उनी र उनको टोली भिविन्न भेटघाटमा व्यस्त छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको दुई मिनेट भेटवार्ता र आज संयुक्त राष्ट्र संघको मुख्यालयभित्र ट्रस्टिसिप च्याम्बरमा आयोजित ‘शान्ति स्थापनार्थ कारवाही’ ९एक्सन फर पिसकिपिङ० को उच्चस्तरीय बैठकमा प्रधानमन्त्री ओलीले गरेको सम्बोधन यति बेला चर्चामा छ । उनले हरेक द्वन्द्वको परिस्थिति फरक हुने र त्यसका लागि भिन्न सम्बोधन आवश्यक हुने बताए ।

सम्बोधनमा उनले भने, द्वन्द्वको राजनीतिक समाधान खोज्नुपर्ने र घरमै तयार भएको, राष्ट्रले स्वामित्व लिएको र नेतृत्व दिएको राजनीतिक प्रक्रियाले दिगो शान्ति दिनसक्छ भन्ने कुरालाई नेपालले स्पष्टसँग प्रदर्शन गरेको छ ।’ प्रधानमन्त्री ओलीले बिहीबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै परराष्ट्र मन्त्रीलगायतका टोलीका सदस्य पनि विभिन्न देशका समकक्षीसँग भेटवार्तामा व्यस्त छन् ।

नेपालको अहिलेको प्रस्तुति अघिल्ला महासभामा नेपालको प्रस्तुतिभन्दा केही भिन्दै र ‘भिजिवल डिप्लोमेसी’ देखिएको छ । यसले ल्याउने रिजल्ट र भोलि हुने प्रधानमन्त्रीको सम्बोधन भने हेर्न बाँकी नै छ । हेरौं यही सेरोफेरो तयार पारिएको फोटोफिचर ।

oli 3

oli 6

oli 5

oli 4

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्