जाँड खानकै लागि नेवारी महिलाहरुको यस्तो भिड

Newari Maicha
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ११ असोज । बुधबार राति बसन्तपुरमा इन्द्रजात्राको छैठौं दिन श्वेत भैरवको मुखमा राखिएको पाइपबाट बगेको जाँड प्रसादको रुपमा महिलाहरुले मात्र ग्रहण गरेका छन् । महिलाहरुले मात्रै ग्रहण गर्ने चलनअनुसार महिलाहरुले जाँड खान तँछाडमछाड गरेका हुन् ।
इन्द्र जात्राको छैटौं दिन भैरवको पछाडि ‘तेप’ भन्ने घ्याम्पोमा राखिएको जाँड पाइपबाट मुखमा ल्याइएको हुन्छ ।

८ दिनसम्म मनाइने यो जात्रामा हनुमानढोकामा रहेको श्वेत भैरवको विशाल मूर्तिको मुखमा जोडिएको पाइपबाट प्रसादको रुपमा जाँड बगाइन्छ । यही जाँडलाई प्रसादका रुपमा खाने प्रचलन रहेको छ । यो प्रसाद खाएमा निरोगी हुने विश्वास छ ।

पहिले यो जाँड पुरुषहरुले मात्रै खाने प्रचलन थियो । पाँच वर्ष अघिबाट महिलालाई पनि एक दिन विशेष दिनका रुपमा छुट्टाएर खुवाउने प्रचलन सुरु गरिएको हो । पाँच वर्षअघि ‘श्री श्वेत भैरव हाथा हायकेगु व्यवस्थापन समिति’ ले यो परम्परा सुरु गरेको हो ।

समितिकी सचिव ज्योत्सना सिन्दुराकारले महिला र पुरुषलाई समान व्यवहार गर्नका लागि यस्तो परम्परा सुरु गरेको बताइन् ।
BhidNewari girlsNewari WiomenNewari Womans

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्