पाँच महिनामा चौध सयभन्दा बढी बलात्कार : समिति

Meeting
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ११ असोज । पाँच महिनाको अवधिमा साढे चौध सय बलात्कार तथा बलाकारजन्य घटना भएको पाइएको छ । बलात्कारपछि हत्या गरिएका निर्मला पन्तको हत्यारा पक्राउ नपरेको भन्दै सरकारको आलोचना भइरहेका बेला सरकारले नै बलात्कारका घटना बढेको तथ्यांक सार्वजनिक गरेको हो ।

महिला तथा सामाजिक समितिको बिहीबारको बैठकमा गृहसचिव प्रेमकुमार राईले बलत्कारका घटना बढेको स्वीकार गरे । उनले भने, ‘वैशाखदेखि भदौसम्मको अवधिमा ९०० बलात्कार र ५३६ जबरजस्ती करणी उद्योगका घटना भएका छन् ।’अघिल्ला वर्षहरुको तुलनामा १० प्रतिशत बलात्कार घटना बढेको उनले जानकारी दिए ।

महिला मन्त्रालयको अर्कै तथ्यांक

समितिको बैठकमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले भने फरक तथ्यांक प्रस्तुत गरेको छ । मन्त्री थममाया थापा मगरले नेपाल प्रहरीबाट प्राप्त भन्दै प्रस्तुत गरेको तथ्यांकमा भने बलात्कार घटना केही कम देखाइएको छ । ७१० बलात्कार र ३९१ जबरजस्ती करणी उद्योगका घटना भएको उनले बताइन् ।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्