काठमाडौं-अनेरास्ववियू (क्रान्तिकारी)ले सार्वजनिक यातायातमा गरिएको दश प्रतिशत भाडावृद्धि तत्काल फिर्ता लिन माग गर्दै बिहीबार यातायात व्यवस्था विभागको कार्यालयमा धर्ना दिएको छ ।
अनेरास्ववियू (क्रान्तिकारी) ले मिनभवनस्थित विभागको कार्यालयमा बिहीबार दिउँसो एक घण्टा प्रर्दशनसहितको धर्ना दिँदै यातायातमा गरिएको १० प्रतिशत भाडावृद्धि तत्काल फिर्ता लिन सरकारलाई दबाब दिएको हो ।
यातायातमा भाडावृद्धि गर्ने सरकारको पछिल्लो निर्णय खारेज गर्न माग गर्दै विभागको कार्यालयमा एक घण्टे धर्नासहित विरोध प्रर्दशन गरिएको संगठनका सचिव पवन कार्कीले जानकारी दिए। त्यस अवसरमा अनेरास्ववियू (क्रान्तिकारी)ले यातायातमा गरिएको भाडावृद्धि फिर्ता नलिए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसहितको ज्ञापन पत्र पनि विभागका महानिर्देशक लावन्यकुमार ढकाललाई बुझाएको हो ।
दसैंको मुखैमा यातायातमा १० प्रतिशत भाडा वृद्धि गरेकोमा सरकारको चर्को आलोचना हुँदै आएको छ साथै यातायात क्षेत्रको सिण्डिकेटको अन्त्य र अशक्त जेष्ठ नागरिक महिलाको आरक्षण एवंम् विधार्थीहरुको सौलियत पूर्ण रुपमा कार्यान्यनको माग गरेको छ । अनेरास्ववियू (क्रान्तिकारी) ले पनि मूल्यवृद्धि गर्ने सरकारको त्यो निर्णय फिर्ता नभए आफूहरु कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएको छ ।