पाकिस्तान १२ असोज । नयाँ प्रधानमन्त्री इमारान खान नेतृत्वमा आएसंगै पाकिस्तान सरकारले प्रधानमन्त्री निवासको आठवटा भैंसी लिलामी गरेको छ । र, करिब १४ लाख रुपैयाँ जुटाएको छ ।
गएको साता पनि प्रधानमन्त्री निवासमा रहेको कार बेचेर पाकिस्तान सरकारले पैसा जम्मा गरेको थियो । यी भैंसी पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफको समर्थकले किनेका थिए ।
यो मध्ये एउटा भैसी ३ लाख ८५ हजार रुपैयाँमा काल्ब अलीले खरिद गरेका छन् । अलीले भनेका छन् ‘भावनात्मक कारणले गर्दा १ लाख २० हजार पर्ने भैंसीलाई तीन गुणा पैसा तिरिएको हो ।’ उनले अगाडि थपे, ‘मैले यो भैंसी नवाज शरीफ प्रति आफ्नो लगाव भएकाले किनेको हुँ ।’
प्रधानमन्त्री इमरान खानले फजुल खर्च रोक्नका लागि लालामी गरेका हुन् । खान सरकारले अब केही समयमा चारओटा सरकारी हेलिकोप्टर पनि लिलामी गर्ने तयारी गरिरहेको छ ।