एक जना कलाकार भएर पनि गिनिज बुकमा नाम लेखाउन सफल चलचित्र

Yaadein
लाेकपाटी न्यूज
0 Shares

चलचित्रमा एकजना मात्रै कलाकारको कल्पना गर्न सक्नुहुन्छ ? अझ आजभोलीका चलचित्र हेर्दा त यो असम्भव नै लाग्छ ।
तर छिमेकी देश भारतमा यस्तो एउटा चलचित्र बनेको थियो जसमा एकजना मात्रै कलाकार थिए । अचम्म त के भने उनले नै चलचित्रको निर्देशन समेत गरेका थिए ।

ती निर्देशक र कलाकार थिए सुनिल दत्त ।

चलचित्रको नाम थियो– ‘यादें’

चलचित्रले गिनिज बुक अफ वल्र्ड रिकर्डसमा समेत आफ्नो स्थान बनाउन सफल भयो ।यो ब्ल्याक एण्ड व्हाईट चलचित्र सन् १९६४ मा रिलिज भएको थियो । चलचित्रको शुरुमा नै लेखिएको थियो– वल्र्ड फस्र्ट वान एक्टर मुभी अर्थात् एकल कलाकार भएको संसारकै पहिलो चलचित्र ।

यो चलचित्रमा सुनिल दत्तले नै सबै भूमिका निर्वाह गरेका छन् । कथा अनुसार, सुनिल दत्तको चरित्र आफ्नो घर आउँदा उनकी श्रीमती र बच्चा घरमा हुँदैनन् । उनीहरुले आफूलाई छोडेर गएको सोच्छन् सुनिल । त्यसपछि एक्लै हुँदा उनी आफैसँग कुरा गर्छन् । विगतमा मोडिन्छ उनको मन । कहिले वरिपरिका बस्तुहरुसँग कुरा गर्छन् र कथा अगाडि बढ्छ । चलचित्रमा नायिका नरगिसको स्वर सुनिन्छ ।

क्युरेटर, फिल्म इतिहासकार र लेखक अमृत गंगरका अनुसार चलचित्रमा एक्लोपनको अनुभूति दर्शाउन खोजिएको छ । उनका अनुसार, सम्पूर्ण चलचित्रलाई एकजनाको काँधमा राखेर दर्शकलाई बाँधेर राख्नु चानचुने चुनैती थिएन ।

अमृतका अनुसार प्राविधिकरुपमा चलचित्रमा देखाइएको कुरा नाटक र रंगमञ्चमा हुँदै आएको कुरा हो । तर थिएटरमा त यो झनै मुश्किल कुरा हो किनभने त्यहाँ दर्शक उपस्थित हुन्छ र तपाई एक्लैले सबै कुरा सम्हाल्नु पर्ने हुन्छ । त्यहाँ रिटेकको कुनै सम्भावना हुन्न ।
यो चलचित्रलाई ए सर्टिकिेट दिइएको थियो ।

चलचित्रमा गम्भीर सामाजिक सन्देश पनि देखिन्छ । खासगरी महिलाको परिवार र समाजमा के स्थन छ भन्ने कुराले तपाई हाम्रो ध्यान आकर्षित गर्दछ ।

आवाज र डायलगका माध्यमबाट पति पत्निमा बहस हुन्छ, दुबैले एक अर्काको चरित्रमाथि लान्छना लगाउँछन । र पुरुषले आफ्नो प्रभाव पार्न खोज्छ ।

चलचित्रमा महिला आउँदा त्यहाँ कुनै चरित्र हुँदैन बरु नरगिसको छाया मात्र देखिन्छ ।

चलचित्रमा दुईवटा गीत समेत रहेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्