भारत भ्रमणमा किन आउँदैछन् राष्ट्रपति पुटिन ?

putin photo
लाेकपाटी न्यूज
0 Shares

नयाँ दिल्ली, असोज । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी हप्ता भारत भ्रमणमा आउने भएका छन् ।

अक्टोबर ४ र ५ तारिखमा उनले भारतको औपचारिक भ्रमण गर्न लागेको भारतीय विदेश मन्त्रालयका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

भ्रमणका क्रममा राष्ट्रपति पुटिनले भारत—रुस वार्षिक द्विपक्षीय सम्मेलनमा सहभागीता समेत जनाउनेछन् । भारत र रुसको दुई पक्षीय सम्मेलन अहिले १९औँ पटक हुन लागेको हो ।

उनले भ्रमणका क्रममा भारतीय समकक्षी रामनाथ कोभिन्द, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च पदस्थ अधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्