कति बढ्यो यातायात भाडादर ? (हेर्नुस् देशभरिको सूचि)

public buss
विभागले हाल भाडादर समायोजन गर्दा डिजलको मूल्य प्रतिलिटर रु १०१ रु. पेट्रोलको मूल्य रु. ११४ का आधारमा गरिएको जनाएको छ । पेट्रोलियम पदार्थमा रु. पाँचभन्दा बढीले घटबढ भएमा नयाँ भाडादर कायम गरिने विभागले जनाएको छ ।
लाेकपाटी न्यूज
0 Shares

सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

शनिबार सरकार र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार नयाँ भाडादर कायम गरिएको हो । विभागको नयाँ व्यवस्थाअनुसार काठमाडौँ उपत्यकामा न्यूनतम भाडादर रु. १४ कायम गरेको छ भने अधिकतम रु. २७ हुनेछ । न्यूनतम चार किलोमिटर यात्रा गर्दा यात्रु रु. १४ तिर्नुपर्नेछ । साविकमा रु १३ न्यूनतम भाडा भए पनि सवारी साधनले यात्रुसँग रु. १५ लिँदै आएका थिए ।

नयाँ व्यवस्थाअनुसार पाँच किलोमिटरसम्म रु. १६, छ किलोमिटरसम्म रु. १७, आठ किलोमिटरसम्म रु. १८, १० किलोमिटरसम्म रु. २१, तेह्र किलोमिटरसम्म रु. २३, सोह्र किलोमिटरसम्म रु. २५, उन्नाइस किलोमिटरसम्म रु. २६ र सोभन्दा माथि रु. २७ भाडा कायम भएको छ ।

विभागले हाल भाडादर समायोजन गर्दा डिजलको मूल्य प्रतिलिटर रु १०१ रु. पेट्रोलको मूल्य रु. ११४ का आधारमा गरिएको जनाएको छ । पेट्रोलियम पदार्थमा रु. पाँचभन्दा बढीले घटबढ भएमा नयाँ भाडादर कायम गरिने विभागले जनाएको छ ।

यस्तै चक्रपथ बाहिर चार किलोमिटरभन्दा बढी दूरी भएमा प्रतिकिमी दुई रुपैयाँ पाँच पैसाका दरले हिसाब गरी भाडा लिने व्यवस्था गरिएको छ । तराईको लामो दूरी अर्थात् २५० किलोमिटरभन्दा बढी पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रु बस, मिनीबसका लागि प्रतिकिलोमिटर एक रुपैयाँ ९० पैसा भाडादर कायम गरिएको छ ।

तराई र उपत्यकामा २५ किलोमिटरदेखि २५० किलोमिटरसम्म दूरीका पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस, मिनिबसका लागि प्रतिकिलोमिटर एक रुपैयाँ ९५ पैसा भाडा दर र काठमाडौँ–पोखरा र पोखरा नारायणगढ खण्डका लागि प्रतिकिलोमिटर दुई रुपैयाँ नौ पैसा भाडा कायम गरिएको छ ।

यस्तै मिटर जडित सार्वजनिक भाडाका ट्याक्सीको प्रतिकिलोमिटर भाडा दर रु. ३९ कायम गरिएको छ । प्रति २०० मिटरमा साविकको रु. सातलाई बढाएर सात रुपैयाँ ८० पैसा कायम गरिएको छ ।

पर्यटक ट्याक्सीको भाडा रु. ४८१ रहेकामा हाल बढाएर रु. ५२९ पु¥याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चल्ने पर्यटक ट्याक्सीको हकमा उक्त भाडादर कायम हुनेछ । उक्त दर पाँच किलोमिटरको हकमा मात्रै लागू हुनेछ । सोभन्दा बढी भएमा रु. एक हजार १५७ सम्म कायम गरिएको छ । विभागले देशभरका ५०१ गन्तव्यको नयाँ भाडा दर कायम गरेको हो ।

मालसामान ढुवानीका लागि प्रयोग हुने ट्रक तथा कन्टेनरको समेत नयाँ भाडा दर कायम गरिएको छ । मालबाहक ट्रक तथा कन्टेनरको हकमा वीरगञ्ज–काठमाडौँको भाडा रु. २० हजार ७७३, वीरगञ्ज–पोखरा रु. १८ हजार ८८३ कायम भएको छ भने काँकडभिट्टा–महेन्द्रनगरको भाडा रु. ४५ हजार १८९ कायम गरिएको छ ।

कुन स्थानमा जान कति भाडा ?

काठमाडौँ–सिलगढी – रु. १६७५
काठमाडौँ–इलाम – रु १३४८
काठमाडौँ–उर्लाबारी – रु १०८४
काठमाडौँ–कटारी – रु ८०४
काठमाडौँ–कलैया – रु ५६३
काठमाडौँ–काँकडभिट्टा – रु ११७२
काठमाडौँ–कुमारखोज (झापा) – रु ११७२
काठमाडौँ–कुरिनटार – रु २०९
काठमाडौँ–कृष्णनगर – रु ६८६
काठमाडौँ–कोठियाघाट – रु ११३६
काठमाडौँ–खोपासी – रु ८४
काठमाडौँ–गल्छी – रु ९९
काठमाडौँ–गाइघाट – रु ८६८
काठमाडौँ–गुलरिया – रु १०९१
काठमाडौँ–गोरखा – रु ३०७
काठमाडौँ–गोलधाप – रु ११६९
काठमाडौँ–गौर – रु ६५१
काठमाडौँ–गौरीगञ्ज – रु ११२३
काठमाडौँ–महोत्तरी – रु ७१३
काठमाडौँ–चिसापानी कर्णाली – रु ११००
काठमाडौँ–चौतारा – रु १९५
काठमाडौँ–जनकपुर – रु ७३६
काठमाडौँ–जलेश्वर – रु ७६५
काठमाडौँ–जिरी – रु. ५३२
काठमाडौँ–तातोपानी – रु. २७५
काठमाडौँ–त्रिशूली – रु. १७५
काठमाडौँ–धनगढी – रु. १३२१
काठमाडौँ–साँफेबगर – रु. १८७३
काठमाडौँ–धरान – रु. १०४१
काठमाडौँ–धादिङबेँसी – रु. १८४
काठमाडौँ–धुन्चे – रु. २९७
काठमाडौँ–धुलिखेल – रु. ६३
काठमाडौँ–नारायणगढ – रु. ३०७
काठमाडौँ–नारायणगढ–हेटौडा – रु.४५३
काठमाडौँ–नेपालगञ्ज – रु. १०२५
काठमाडौँ–पनौती – रु. ६३
काठमाडौँ–पोखरा – रु. ४२८
काठमाडौँ–वालिङ – रु. ५८५
काठमाडौँ–फत्तेपुर – रु. ९२२
काठमाडौँ–भालुवाङ–प्यूठान – रु. ९२८
काठमाडौँ–भैरहवा – रु. ५६१
काठमाडौँ–मटिहानी – रु. ७८४
काठमाडौँ–मलङ्गवा – रु. ६७१
काठमाडौँ–महेन्द्रनगर – रु. १३३२
काठमाडौँ–मेलम्ची – रु. १६२
काठमाडौँ–राजगढ – रु. ११६६
काठमाडौँ–बाग्लुङ – रु. ६०८
काठमाडौँ–वीरगञ्ज – रु. ५४०
काठमाडौँ–सिन्धुली – रु. ७३५
काठमाडौँ–सुर्खेत – रु. १२११
काठमाडौँ–सिराहा – रु. ८००
काठमाडौँ–बुटवल – रु. ५१९
काठमाडौँ–स्याङ्जा – रु. ५१०
काठमाडौँ–तम्घास – रु. ८४०
काठमाडौँ–तानसेन – रु. ६१५
काठमाडौँ–धनकुटा – रु. १२०१
काठमाडौँ–वसन्तपुर – रु. १३२२
काठमाडौँ–सन्धिखर्क – रु. ७८८
काठमाडौँ–सल्यान – रु. ७९९

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्