पढ्नुस्, राइइट दाजुभाइको अनुसन्धानको रोचक कथा

लाेकपाटी न्यूज
0 Shares

मानिससँग असिमित रहेको हुन्छ भनिन्छ मानिसले जे कल्पना गर्न सक्छ त्यो गर्न पनि सक्छ। मानिसले आकासमा उढेका चराहरुलाई देखेर पनि लामो समय कल्पना गर्न सकेन कि हामी पनि त्यसरी नै आकाशमा चुम्दै चरा जस्तै उडान भर्न सम्भव छ। तर दुइ दाजुभाईले आकाशमा उडने परिकल्पना गरे जसको कारण अहिले हामीसँग यातायात सबैभन्दा गतिवान र सुबिधाजनक यातायातको साधन हवाईजहाज मौजुत छ ।यातयातको कारण यो विश्व यति सुविधाजनक हुनु सबै भन्दा ठुलो कारण हवाईजहाज नै हो । अहिले हामीमाझ हवाईजहाजहरु हावाको गति भन्दा छिटो गतिमा उड्न सक्ने बनेका छन् । आज देखिएको चमत्कार सन् १९०३ सम्म सम्भव र व्यवहारिक देखिएको थियन । आजको विश्वमा यो चमत्कारिक परिवर्तनको सम्पूर्ण श्रेह राइट दाजुभाइलाई जान्छ । अथात वुइल्बर राइट र ओर्बिल राइटलाई जान्छ यी दाजुभाइ अमेरिकी नागरिक हुन् ।


सन् १८८५मा इंग्ल्यान्डको रोयलसोसाइटीका अध्यक्ष लर्ड क्याल्बिनले उड्ने म्यसिन बनाउन असम्भव छ भनेका थिए । तर डिसेम्बर १९०३ मा आफ्नो एक ग्लाइडरमा स्वमले बनाएको एक इन्जिन लगाएर उड्ने बनाइदिए यी दुइ दाजुभाईले । चर्चमा कार्यरत मिल्टन राइट र ऊनकि पत्नी सुज्यान क्याथरिनका पाचजना छोराछोरी मध्ये वुइल्बर राइटको जन्म अप्रिल १६,१८६७मा र ओर्बिल राइटको जन्म अगस्ट१९ १८७१मा डायटनामा भएको थियो । यी दुवै केटाकेटी देखि नै यान्त्रिक विषयमा निकै रुची राख्दथे र सामान्यतया उड्ने खेलौनाहरू र चंगा जस्ता खेलौनाहरू बाट प्रभावित थिए। यी दाजुभाइहरु बढ्दै गएपछि काठको काम छापाखानाको काम हुदै पत्रिका प्रकासनको काममा समेत सक्रिय भएका थिए । तर पछी बजार पर्तिस्पर्धा गर्न नसकेर पत्रिका बन्द भयो । धेरै उतारचढाव पछि सन् १८९२मा राइट साइकल कम्पनि स्थापना गरेर र थाले साइकल बनाउने काम यिनीहरुले १० बर्ष सम्म साइकल बनाउदै बेच्दै गरे । जुन समयमा उनीहरु साइकल बनाउने काममा व्यस्त थिए । त्यो बेला जर्मन नागरिक ओटोलेलि एन्थलले एउटा उड्ने मेसिन बनाएर उडाउन खोज्दा सन् १८९६ ताका दुर्घटनाबाट निधन भएको कुराले उनीहरुलाई अच्मित र चिन्तित तुल्यायो। र त्यो उडने मेसिन कसरी बनाइएको थियो भन्ने बारे जानकारी लिने प्रयास गरे ।यो कुरामा उनीहरुको ह्वात्तै चाख बढेको थियो र उनीहरु उत्तेजित समेत थिए यो घटनाले किनकि यो उनीहरुको सपनासँग मेल खान्थ्यो ।

त्यसपछि आफुहरुसँग भएको साइकल बनाउन प्रयोग हुने सामग्रीको प्रयोग गरी उड्ने म्यसिन बनाउने प्रयासमा लागे ति दुइ दाजुभाइ,सन् १८९९ देखि उनीहरुले अनेकौ प्रयासहरु गर्न लागे । उनीहरुले आफ्नो साइकलको पसलमा वाईन्ट टर्नेल बनाए र पंखामा हावाको शक्तिको कस्तो प्रभाव हुन्छ भनेर अनुसन्धान गर्न थाले। बर्षौ सम्म हुनिहरुले चङ्गा र गलाइडरमा अनेक अनेक प्रयोग गरे। अनेकौ दुख गरेर सन् १९०३ सम्ममा उनीहरू प्रारम्भिक चरणको उड्न सक्ने यन्त्र बनाउन सफल भए । डिदेम्बर १२ १९०३ का दिन बिहान १२ बजे उत्तरी क्यारोलिनाको किट्टीहकमा उनीहरुले निर्माण गरेको पहिलो उड्न सक्ने हवाईजहाजको पहिलो परिक्षण भाइ उर्बिल राइटले उडाएर गरे यो हवाईजहाज जम्मा १२ सेकेन्डमात्र उड्न सफल भयो । यो जहाजले १० फिटको उचाइमा प्रतिघन्टा ४८ किलोमिटरको गतिले १२० फिट मात्र दुरी पार गरेको थियो । यो १२ हर्स पवारको थियो ।त्यसैदिन अन्य हवाईजहाजको पनि परिक्षण भयो । जसमध्ये वुइल्बरले उदाएको जहाजले ४९ सेकेन्डमा २० फिट उचाइमा ८५२ फिट दुरी पार गर्न सफल भयो । तर मेसिन भने हावाको झोक्काले चकनाचुर भयो । उनीहरुको यो उडान बिश्वकै पहिलो उडान थियो।

यसले दुवै दाजुभाईलाई ठुलो प्रोत्साहन दियो र दुवै अनेकौ मिहनेत गेरर अनेकौ उड्ने म्यसिनहरुको निर्माण र परिक्षणमा लागे। सन् १९०८ मा भाइ उर्बिल डाइटनमा नै अनेकौ परिक्षण गर्न सफल भए। दाजु वुइल्बर भने सन १९०८ फ्रान्स गएर ९१ मिटर उचाइमा उड्न सक्ने जहाज बनाउन सफल भए । उनीहरुको सफलताले विश्व भरि चर्चा पायो । अमेरिकी सरकार उनीहरुको कार्य बाट प्रभावित भयो। सन् १९०९ मा हवाईजहाज जहाजलाई सैनिक प्रयोगमा ल्याउन सकिने सम्भावनालाई मध्ये नजर राखेर राइट कम्पनी खोलेर दाजुभाईको अनुसन्धानलाई प्राथमिकता दिईयो।

यसैबीच सन् १९१२ को मे ३० का दिन टाइफाइड रोगले दाजु वुइल्बरको दुखद असामहिक निधन भयो। त्यसपछि भाइ उर्बिल एक्लो भए तथापी अनुसंधान भने जारी राखे । उनले आफैले बनाएको मेसिनबाट ५७ वटा उडान भरेर २७ मिटर सम्मको कृतिमान कायम गरेका थिए । जुलाई २५ ,१९०९मा फेन्च ग्लेरियोतले यसै प्रकारको २४ अस्त्र शक्तिको हवाईजहाजले ४० मिनटमा इन्लिस च्यानल पार गरेर किर्तिमान कायम गरे । पछी सन् १९१६ मा राइट एरोनोट्रिकल् ल्याबरेटोरी स्थापाना गरेपछी धेरै प्रगती भयो । जुन १४,१९१९ मा भिकर्सभिमी हवाईजहाजबाट १६ घंडा २८ मिनटमा एटलान्टिक वारपार उडान भरेपछि त यस्ता हवाईजहाज निर्माण हुन् थाले जसले प्रतिघण्टा तिनसय माइल ध्वानिको गति भन्दा तेज उड्ने हवाईजहाजहरु निर्माण हुन थाले । भाइ उर्बिल राइटको निधन जनवरी ३०,१९४८मा हुदा सम्म हवाईजहाजको विकासले गति लिइसकेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्