डिएसपी मल्लले बन्द गरे मल्ल होटलको डिजे डान्स पार्टी

malla-hotel-casino
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । प्रहरीले द मल्ल होटलमा आयोजित डिजे डान्स पार्टी बन्द गरेको छ । ‘दि नेपाल डिस्टीलरी’बाट उत्पादन हुने खुकुरी रमले स्पोन्सर गरेको डिजे डान्स पार्टी अनुमति बिना सञ्चालन गरेको भन्दै महानगरीय प्रहरी वृत्त दरबारमार्गले बन्द गरेको हो ।

‘शनिबार साँझतिर कार्यक्रम सञ्चालन हुनै लाग्दा दरबारमार्गबाट खटिएको एक प्रहरी टोली मल्ल होटल पुगेको थियो,’ वृतका प्रमुख डिएसपी दाबहादुर मल्लले भने, ‘त्यहाँ गएर बुझ्दा जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसर, काठमाडौंबाट कतैबाट पनि अनुमति लिएको देखिएन्, त्यसैले बन्द गरेका हौं ।’

केही समयअघि दरबारमार्ग स्थित ‘क्लब डेजाभु’ मा तोडफोड समेत भएको थियो । सो घटनालाई मध्यनजर गर्दै कुनै पनि पार्टी गर्नुअघि सम्बन्धित ठाउँबाट अनुमति लिएर सञ्चालन गर्नुपर्ने डिएसपी मल्ल बताउँछन् ।

कुनै पनि डिजे डान्स पार्टी सञ्चालन गर्नुअघि सिडिओ कार्यालय र काठमाडौं परिसरबाट अनुमति लिनुपर्ने हुन्छ ।

विश्वबिख्यात डिजेको सुचीमा अगाडि आइरहेका मार्समेलोको ‘क्लब डेजाभु’ मा ७ बजेदेखि हुने भनिएको लाइभ प्रस्तुतिमा उनी उपस्थित नभएपछि उपस्थित दर्शकले तोडफोड गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्