किशोरीमाथि सामूहिक बलात्कारको अभियोगमा तरूण दलका नेता बोहरा पक्राउ

Gang Rape
लाेकपाटी न्यूज
0 Shares

काठमाडौँ, १३ असोज। डडेल्धुरामा नेपाली कांग्रेसको भ्रातृ संस्थाका नेता वीरबहादुर बोहरासहितका व्यक्तिले १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको समाचार सार्वजनिक भएको छ ।

देशैभर बलात्कारका घटना दिनहुँ सार्वजनिक भइरहेको बेला डडेलधुरामा तरुण दलका नेताले बलात्कार गरेको घटना सार्वजिनक भएको हो । बोहरा आफू पूर्वप्रधानमन्त्री शेरबहादुर निकट मानिन्छन् ।

जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकाकी एक किशोरीलाई स्थानीय बोहरासहितका २ युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

असोज ९ गते राति अनन्ते मेलाबाट घर आउने क्रममा परशुराम नगरपालिका ४ पोखरी बस्ने २८ वर्षीय तरूण दलका नेता वीरबहादुर बोहरा र सोही नगरपालिका–१० कुरमुल्लेका २३ वर्षीय शिवशंकर जोशीले सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवं प्रहरी निरीक्षक खगेन्द्र साउदले बताएका छन् ।

आरोपीमध्ये बोहरालाई प्रहरीले प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा मुद्दा दर्ता गरिसकेको छ भने जोशी फरार छन्। घटना ९ गते रातिको भए पनि किशोरीले घरपरिवारलाई ढिलो बताएकाले ३ दिनपछि शुक्रबार मात्र प्रहरीमा जाहेरी परेको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्