वाशिङ्टन डिसी, १२ असोज । कुनै बेलाका कट्टर दुश्मन । मार्ने र हान्ने बाहेक केही आउँदैनथ्यो उनीहरुको बीचमा ।
तर शक्ति भन्ने कुरा ठूलो हुँदो रहे छ ।
अहिले अवस्था फेरिएको छ ।
दुनियाँको नक्साबाट उत्तर कोरियालाई मेटाइदिने धम्की दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनौठो बयान दिएका छन्– आई एम इन लव विद किम ।
सिंगापुरमा भएको बैठकपछि एक अर्कासँग नजिक देखिएका किमका बारेमा उनले नयाँ टिप्पणी गरेका हुन ।
हालैमात्र किम जोङ इलले अमेरिकी राष्ट्रपतिलाई फेरी वार्ताका लागि अनुरोध गर्दै पत्र पठाएका थिए ।
अहिले ट्रम्पले सोही पत्रमाथि टिप्पणी गर्दै किमसँग माया बस्यो भनेका हुन् ।
रिपब्लिकन पार्टीको एउटा स्थानीय उम्मेदवारको समर्थनमा पश्चिम भर्जिनियामा आयोजित एक र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले किमको निकै प्रशंसा गरे ।
ट्रम्पले र्यालीमा भने– म त प्रेममा पो परेछु । वास्तवमा किमले यति सुन्दर पत्र जो लेखेका छन् । आइएम इन लभ विद हिम ।
गत सोमबारका दिन संयुक्त राष्ट्र महासभाको बैठकमा पनि ट्रम्पले उत्तर कोरियाको प्रशंसा गरेका थिए । गत वर्ष मात्रै उनले यही मञ्चबाट उत्तर कोरियालाई पुरै बर्बाद गर्ने चेतावनी दिएका थिए ।
तर उत्तर कोरियाले आफ्नो युद्द क्षमतामा आकस्मिक र निर्णायक विकास गरेपछि अमेरिका र उत्तर कोरियाबीच सन्तुलित सम्बन्ध स्थापित भएको हो ।
यद्यपी उत्तरमाथिको कडा प्रतिबन्ध भने अझै पनि कायमै छ ।