फेसबुकमाथि ठूलो हमला, ५ करोड युजरको डाटा लिक

facebook_logo
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं १४, असोज । संसारको सबैभन्दा ठूलो सामाजिक सञ्जाल वेवसाईटमध्ये एउटा हो फेसबुक । गत शुक्रबारका दिन फेसबुकका पाँच करोड उपभोक्ताको एकाउन्ट ह्याक भएको समाचार सार्वजनिक भयो । फेसबुकले यसको पुष्टि गरेपछि त्यसरी डाटा लिक क कसको भयो त भन्ने खुल्दुली सबैको मनमा परेको छ ।

विगत १४ वर्षको आफ्नो इतिहासमा फेसबुकमाथि यो सबैभन्दा ठूलो हमला हो । सबैभन्दा सुरक्षित मानिएको फेसबुक एकाउण्टबाट डाटा चोरी गर्नु त्यति सहज काम भने होइन । तर, ह्याकरहरुले फेसबुक कोडको एउटा फिचरको फाइदा उठाउँदै युजरहरुको एकाउण्ट प्राप्त गरे ।

यसरी एकाउण्टमा नियन्त्रण गरेलगत्तै फेसबुकले ह्याक भएको कुरा स्वीकार गरेको हो । र, फेसबुकले आफ्नो प्रणाालीमा रहेको कमजोरी सच्च्याइसकेको बताएको छ ।

फेसबुकका तर्फबाट जुन एकाण्टहरुलाई ठीक गरिएको छ, तिनीहरु स्वतः लग आउट हुनेछन् । करिब नौ करोड युजरलाई आफ्नो फेसबुक एकाण्टमा लगिन गर्नुपर्ने छ ।

यदि तपाईको एकाण्ट पनि तपाईले साइन आउट नगरिकन स्वतः साइन आउट भएको थियो भने तपाईको डाटा पनि ह्याकरले प्राप्त गरेको मान्न सकिने देखिन्छ ।

कसरी गरे डाटा ह्याक ?

ह्याकरहरुले फेसबुकमा रहेको भ्यू एज ९ख्ष्भध बक० फिचरका माध्यमबाट फेसबुकको एक्सेज टोकनहरु चोरी गरेका थिए । यी टोकनहरुको प्रयोग पछि गएर फेसबुकका एकाउण्ट खोल्नमा गर्न सकिन्थ्यो । भ्यू एज फिचरका माध्यमबाट फेसबुक युजरहरुले अरु प्रयोगकर्ताले आफ्नो प्रोफाइल कस्तो देख्नेछन भनेर थाहा पाउन सक्थे ।

एकाउण्ट ह्याक भएको थाहा पाएपछि फेसबुकले सबै एक्सेस टोकन परिवर्तन गरेको छ । यतिमात्रै होइन, सावधानी अपनाउन फेसबुकले गत वर्षभरि भ्यू एज विकल्पबाट हेरिएका अन्य चार करोड एकाउण्टको एक्सेस टोकन पनि रिसेट गरेको छ ।

नीजि डाटा लिक हुने कुरामा फेसबुक बारम्बार विवादमा आउँदै गरेको छ । गत वर्ष एउटा ब्रिटिश एनालाइटिक्स फर्मलाई ८।७ करोड प्रयोगकर्ताका नीजि डाटा दिएको खुलासा भएको थियो । चुनावमा गलत सूचना दिएर परिणाममा असर पर्न खोजेको पनि आरोप लागेको थियो ।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्