यस्तो छ सामसङको ‘बडा दशैंको बडा बचत’ योजना

Samsung Offer
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं १४ असोज । सामसङ नेपालले चाडपर्वको उपलक्ष्यमा आकर्षक योजना प्रस्तुत गरेको छ । दशैंको अवसरमा ग्राहकहरुले सामसङका कन्जुमर इलेक्ट्रोनिक्स उत्पादनहरुको खरिदमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

‘बडा दशैंको बडा बचत’ नाम दिइएको योजना ग्राहकहरुका लागि आफैंमा एक उपहार पनि हो । ग्राहकहरुले यो योजना अवधिभर सामसङका एलइडी, स्मार्ट एलइडी, यूएचडी तथा क्यूएलइडी टेलिभिजनहरुको खरिदमा ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी रेफ्रिजेरेटरको खरिदमा १७ प्रतिशतसम्मको छुट एवं वाशिङ्ग मेसिनको खरिदमा १४ प्रतिशतसम्म छुट पाउनेछन् । यो योजना अवधिभर साइड बाई साइड रेफ्रिजेरेटर तथा फ्लेक्सवास वासिङ्ग मेसिनको खरिद गर्दा उपहार स्वरुप एक थान एयर प्युरिफायर प्राप्त गर्न सकिनेछ ।

यस योजनालाई अझ बढी आकर्षक बनाउन टिभि, रेफ्रिजेरेटर, वासिङ्गमेसिन, माइक्रोवेभ ओभन, भ्याक्युम क्लिनर, एयर कन्डिसनर तथा एयर प्युरिफायर खरिद गर्ने ग्राहकहरु लक्की ड्रमा समावेश हुनेछन् । “बडा दशैंंको बडा बचत” योजना यही असोज १५ गतेदेखि मंसिर १४ गतेसम्म लागू हुने छ ।

लक्की ड्रको घोषणा योजना समाप्त भएको मिति पछि सामसङको आधिकारिक फेसबुक लाइभ मार्फत गरिने सामसङले जनाएको छ ।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्