‘ढुक्क हुनुस्, निर्मला हत्यारा पत्ता लाग्छन्’ : गृहमन्त्री थापा

badal ram bahadur thapa
लाेकपाटी न्यूज
0 Shares

काठमाडौः गृहमन्त्री रामबहादुर थापाले सरकारले राम्रो काम गरिरहेकाले नै आफूलाई विभिन्न शक्तिहरूले घेराबन्दी गरेको बताएका छन् ।

गृहमन्त्री थापाले राम्रो काम गर्दा आफू आलोचित भएको बताएका हुन् । गृहमन्त्री थापाले भने, ‘राम्रो काम गरेकाले घेराबन्दी भएको छ । नराम्रो काम गरेको भए घेराबन्दी हुने नै थिएन ।’

अहिलेको सरकारले देशमा राम्रो काम गरिरहेकाले पुराना शक्तिहरू अतालिएको गृहमन्त्री थापाले आरोप समेत लगाए । गृहमन्त्री थापाले भने, ‘सरकारले राम्रो काम गरेकाले पुरानो र पराजित शक्तिहरू अतालिएका छन् । सरकारलाई गिराउने प्रयत्न गरिरहेका छन् ।’

१३ वर्षीय बालिका निर्मला पन्तको घटना प्रकरणमा अनुसन्धान भइरहेकाले अभियुक्तको नजिक पुगेको समेत गृहमन्त्री थापाले दाबी गरे। ‘प्रहरीले नयाँ शिराबाट अनुसन्धान गरिरहेकाले चाँडै हत्यारा पत्ता लाग्छ’ गृहमन्त्री थापाले भने।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढे अनुसार सार्वजनिक सवारी भाडा कम मात्रामा बढाएर सरकार सफल भएको गृहमन्त्री थापाले दावी गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्