सिङ्गापुरबाट माधव नेपाललाई प्रचण्डको फोन

Madhab Nepal With Prachanda
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १५ असोज । सरकार सञ्चालन र पार्टी प्रदेश कमिटी गठनमा आफ्नो पक्षलाई बेवास्था गरिएको भन्दै असन्तुष्ट बनेका नेकपा नेता माधवकुमार नेपाललाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंगापुरबाट फोन गरेका छन् । प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि सिंगापुरमा छन् ।

प्रचण्डले फोन गरेर नेता नेपाललाई आश्वस्त पार्ने प्रयास गरेका हुन् । प्रचण्ड (नेपाल फोन वार्तालाई उद्धृत गर्दै नेपाल निकट स्रोतले भन्यो ‘प्रचण्डले फोन गरेर भन्नुभयो ( सल्लाह गरेर नै जाने हो । तपाईंलाई त्यस्तो नपरोस् । तपाई उता (विदेश) गएको बेला त्यस्तो पर्यो ।

ढुक्क हुनुस, मिलाएरै जाने हो ।’ नेता नेपालले गत बिहीवार संसदमा बोल्दै सरकारको काम कारवाही बारे असन्तुष्टि जनाएका थिए । त्यसको भोलिपल्ट बानेश्वरस्थित एक होटलमा नेता नेपालले स्थायी समिति सदस्यहरूका लागि चियापान आयोजना गरेका थिए । त्यसपछि नेकपाभित्र हलचल पैदा भएको छ ।

नेकपाका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पनि विदेश भ्रमणमा छन् । राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री ओली अहिले कोष्टारिकामा छन् ।

संसदमा माधव नेपालको सम्बोधनपछि प्रधानमन्त्री ओलीले अमेरिकाबाटै जवाफ फर्काएका छन्, “देश डुब्दैन, म फर्किदै छु ।”