यस्तो छ ललितपुर प्रहरीको दशैँ सुरक्षा आयोजना

police
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं १५, असोज । महानगरीय प्रहरी परिसर ललितपुरले चाडबाड सुरक्षा योजना सार्वजनिक गरेको छ ।

चाडबाडको समयमा मानिस घरमा नहुने, किनमेल गर्दा भिडभाडको समयमा लुटपाटमा घटना घट्ने भन्दै प्रहरीले विशेष सुरक्षा योजना सार्वजिक गरेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

सुरक्षा योजना अनुसार जिल्लामा २४ सै घण्टा सुरक्षा व्यवस्था मिलाइएको छ । त्यसको लागि एक हजार ९७ जना प्रहरी परिचालन हुनेछन् ।

बिभिन्न बित्तिय संघ संस्था,स्थानीय क्लव, भद्रभलादमी, बुद्धिजिवी समाजसेवी, बिभिन्न राजनैतिक दलका पदाधिकारीसँग गरिएको अन्तरक्रियात्मक एवम् जनचेतनामुलक कार्यक्रमबाट सुरक्षा योजना ल्याएको खनालको भनाई छ ।

गस्ती टोलीमा मोबाइल टोलीदेखि साइकल गस्ती रहनेछ । जसमा ३१ वटा पैदल गस्ती, १९ नाकामा गस्ती, २१ साइकल गस्ती, ११ ठाँउमा आकास्मिक चेक जाँच र अन्य गरी एक हजार ९७ जना प्रहरी परिचान हुनेछन् ।

आइतबार मात्र काठमाडौं प्रहरीले समेत चाडबाड सुरक्षा योजना सार्वजनिक गरेको थियो । काठमाडौं प्रहरीले तीन हजार पाँच सय ३५ प्रहरी परिचानल गरेको छ ।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्