चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्पाइनल इञ्जुरीसम्बन्धी क्षमता अभिबृद्धि कार्यक्रम स्पाइनल इञ्जुरी समस्यामा रहेकाहरुका लागि अत्यन्त महत्वपूर्ण हुने बताएकी छिन् ।
रोटरी क्लब अफ चितवनको आयोजनामा भएको क्षमता अभिवृद्धि कार्यक्रममा उनले यसबाट पीडितहरुलाई दैनिक जीवनयापनमा सहजता आउने विश्वास व्यक्त गरेकी छिन् । सो अवसरमा तालिममा सिकेको सीपलाई व्यवहारमा लागू गर्दै दैनिक जीवनयापन सहज बनाउन प्रमुख दाहालले आग्रह गरिन् । उनले देशकै मध्यभागमा रहेको मेडिकल सिटीको रूपमा अगाडि बढिरहेको भरतपुर महानगरपालिकामा यो सेन्टर बन्नु सकारात्मक भएको बताइन् ।
महानगरपालिकाले गत ज्येष्ठ ६ गते रोटरी क्लबलाई स्पाइनल इञ्जुरीको समस्याहरुलाई पुनसपना केन्द्र सञ्चालनका लागि १ बिघा जग्गा दिने निर्णय गरी यस सम्बन्धमा दुई पक्षीय हस्ताक्षर समेत भइसकेको छ ।
महानगर प्रमुख दाहालले आवश्यक साधनस्रोतको समायोजन गरी छिटोभन्दा छिटो अत्याधुनिक सुविधा सम्पन्न स्पाइनल रिहा विहेसन केन्द्र सञ्चालन गरी सोसम्बन्धी पीडितहरुलाई प्रभावकारी सेवा दिन आग्रह गरिन् ।
भरतपुर महानगरपालिका मानवीय र सामाजिक सेवामा पनि उत्तिकै सक्रियतापूर्वक लागिरहेको भन्दै उनले यो रिहाविटेसन सेन्टर सञ्चालनमा आवश्यक सहयोग र समन्वय महानगरपालिकाले गर्ने प्रतिबद्धता व्यक्त गरिन् । भरतपुर महानगरपालिका अपाङ्गमैत्री महानगर निर्माणको दिसामा लागि रहेको बताउँदै रोटरी क्लबले निर्माण गर्ने पूनस्र्थापना सेन्टर सहयोगी बन्ने विश्वास प्रमुख दाहालले व्यक्त गरिन् ।
हाल समाजमा महिला हिंसा, दुव्र्यवहार एसिड आक्रमण जस्ता अमानवीय घटनाहरु बढिरहेका छन् । यस्ता गतिविधिहरुलाई निरुत्साहित गर्न यस्ता सामाजिक संघ संस्थाहरुले विशेष भूमिका खेल्नुपर्ने उनको धारणा थियो ।
उनले भनिन्, ‘रोटरीले धेरै सामाजिक क्षेत्रमा काम गरेको छ, जस्तै रोटरी करुणालयमा वृद्धवृद्धा, यो स्पाइनल, शिक्षाको क्षेत्रमा कार्डियाक सेन्टर बन्दै छ भन्ने सुनेको छु । समाज सेवा र सुधारमा अघि बढोस् भन्दै यस कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ।’ तालिममा स्पाइनल इन्जरी पीडितहरू २२ जना चिकित्सक नर्स तथा स्वास्थ्यकर्मीहरू सहभागी हुनेछन् ।
तालिममा स्पाइनल इन्जरीबाट जोगिने उपाय र सहज जीवनयापनसम्बन्धी सहजीकरण गरिने रोटरी क्लब अफ चितवनका अध्यक्ष कपिलबाबु खनालले जानकारी दिए । तालिम आइतबारदेखि बिहीबारसम्म चल्नेछ । चितवनमा रहेका ५ वटा रोटरी क्लब, स्थानिय एवं बाह्य दाताहरूको सहयोगमा भरतपुर महानगरपालिकाले उपलब्ध गराएको एक विगाह जमिनमा निकट भविश्यमै ५० शैयाको सुविधा सम्पन्न नमुना स्पाइनल इन्जरी पूर्न स्थापना केन्द्र सञ्चालन गर्न गइरहेको कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यक्रममा वडा नम्वर ३ का अध्यक्ष चन्द्रमित्र पण्डित, रविन्द्र पिया, उत्तमलाल चुकेलगायतले स्पाइनल इन्जरी र उनीहरूको पूनस्र्थापनासम्बन्धी धारणा राखेका थिए । सो अवसरमा स्पाइनल इन्जरीका बिरामी समिर ठकुरी, गणेश बस्नेतले ‘यो मायाँ भन्ने चिज रैछ अनौठौ’ गीतमा हुइल चियरमा बसी नृत्य प्रस्तुत गरेका थिए । उनीहरू रूखबाट लडेर मेरूदण्ड नचल्ने समस्याबाट पीडित छन् ।