पोखरा, १६ असोज । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले सहकारीलाई उत्पादनसँग जोड्नुपर्ने बताएकी छिन् ।
राष्ट्रिय सहकारी महासङ्घद्वारा आयोजित ‘सहकारी क्षेत्रको प्रवद्र्धनमा प्रदेश तथा स्थानीय तहको भूमिका’ विषयक प्रादेशिक गोष्ठीको उद्घाटन गर्दै उनले स्थान विशेषका सम्भावनाअनुसार जनतालाई उत्पादनमा जोड्ने गरी सहकारीले योजना अघि सानुपर्ने उल्लेख गरीन् ।
भौगोलिक अवस्थितिअनुसार नेपालको हिमाली भेगमा फलफूल, पहाडमा पशुपालन एवं तराईमा अन्य कृषिजन्य उत्पादनका धेरै सम्भावना रहेको बताउँदै उहाँले त्यसको उपयोग गर्नुपर्ने धारणा राखिन् ।
गरीबी निवारणको माध्यम सहकारी भएको बताउँदै उल्लेख गर्दै उनले सरकारको विकास र समृद्धिको लक्ष्यमा सहकारीको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइन् ।
राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडालले सहकारी अभियान विभिन्न आरोह–अवरोह पार गर्दै वर्तमान अवस्थासम्म आइपुगेको बताउँदै सहकारीमा सङ्कलित पूँजीको उपयोगका लागि ऐनमा विद्यमान जटिलता अन्त्य गर्दै अघि बढ्नु अपरिहार्य भएको बताइन् ।
गण्डकी प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले सहकारीले समाज र राज्यको आवश्यकतालाई बोध गरेर उत्पादनमैत्री कार्यक्रम ल्याउनुपर्ने बताइन् । उनले उत्पादन केन्द्रित काम अघि बढाउन सके मात्र समृद्धिको लक्ष्य पूरा गर्न सकिने उनको भनाइ छ ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले तीन खम्बे अर्थ नीतिको एक खम्बाका रुपमा राज्यले सहकारी लिइसकेको बताउँदै यसको नियमन भने अपरिहार्य भएकामा जोड दिए ।